कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको | Khabarhub Khabarhub

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो ।

शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

‘कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ’, महाशाखा प्रमुख डा तिवारीले भने, ‘जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।’

उनले सङ्क्रमितहरुमा निको हुनेको सङ्ख्या २१३ मात्र बाँकी रहेको बताए  । तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको प्रमुख डा.तिवारीले जनाए ।

सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको उनको  भनाइ थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ०६ बजे

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा