स्पेनिस ला लिगा : रियल सोसिडाड एलाभेसँग पराजित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाड एलाभेसँग पराजित


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ ।

विहीबार राति भएको खेलमा एलाभेससँग सोसिडाड २- ० ले पराजित भएको हो ।

खेलमा बल पोजेसनमा पकड बनाए पनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पराजित भएको हो ।

५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेका थिए ।

एक गोलले पछि परेको रियल सोसिडाडका जोसेवा जाल्डुआ दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिए । त्यसपछि घरेलु टोलीका थोमस पिना ८७औं मिनेटमा दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

इन्ज्युरी समयको अन्त्यतिर मार्टिन एगुइररेगाविरियाले गोल गर्दै एलाभेसलाई २–० को जीत दिलाए । जीतसँगै एलाभेस ३५ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।

हारसँगै रियल सोसिडाडले भने शीर्ष चारमा पर्ने मौका गुमाएको छ । सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ४४ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ