स्पेनिस ला लिगामा रियल मड्रिड विजयी, करिम बेन्जेमाको २ गोल | Khabarhub Khabarhub

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी, करिम बेन्जेमाको २ गोल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत दर्ता गरेको छ ।

विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

रियलको जीतमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जीत सुनिश्चित गरे । जीतसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ ।

रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ४४ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण