नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा | Khabarhub Khabarhub

नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ।

अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निम्न स्तरको शब्द प्रयोग गरिएको थियो।

नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन्।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन्।

१५ मेमा सार्वजनिक गरिएको पहिलो सिजनको एपिसोडमा नेपाली महिलालाई लक्षित गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। उक्त शब्दप्रति नेपाली कलाकारहरुले समेत विरोध जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ४८ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।