कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार ७५८ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२० जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ३४५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२४ जनाको मृत्यु भएको छ भने २४ हजार १९० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११८ जनाको मृत्यु भएको छ भने १५ हजार ६९१ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २५ जनाको मृत्यु भएको छ भने ५ हजार ३७९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३३ हजार ९६९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार १८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय