नारायणकाजी गुटले पहिले 'माके' सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई | Khabarhub Khabarhub

नारायणकाजी गुटले पहिले ‘माके’ सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठको गुटले पहिले माओवादी केन्द्र सिध्याएको र अब सत्तारुढ नेकपालाई सिध्याउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार बिहान ट्वीट गर्दै डा. भट्टराईले कोरोना भाइरसका कारण परीक्षा रोक्ने शिक्षामन्त्री गिरीराजमणि पोखेरलको निर्णयमाथि प्रश्न उठाउँदै उनी प्रवक्ता श्रेष्ठमाथि खनिएका छन् ।

‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परीक्षा रोके होलान्‌ !, ती कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !’, उनले ट्वीटरमा लेखेका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : २७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७