७२ घण्टामा बन्यो भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल (फोटो फिचर) | Khabarhub Khabarhub

७२ घण्टामा बन्यो भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल (फोटो फिचर)


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरस संक्रमितका लागि भरतपुरमा अस्थायी अस्पताल निर्माण गरिएको छ । भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भएको अस्पतालमा ५० शय्याको क्षमता रहेको छ । विशेष अस्थायी अस्पतालमा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तीब्र गतीमा वढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको उनले जानकारी दिइन् ।

‘७० शय्याको अस्पताल निर्माण गर्ने तयारी रहेको छ’ प्रमुख दाहालले भनिन्,’अहिलेलाई ओपीडी सेवा हुने छ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिइने छ ।’

कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने,’प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शय्या क्षमताको निर्माण गरिने छ त्यसपछि आवश्यकताको आधारमा थपिँदै जाने योजना रहेको छ ।’

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।

विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उनले बताइन् । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।

महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणलाई रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो ।

७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको छ ।

बिहीबार बसेको कार्यदलको वैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुदै आएको हाटबजार र केबुलकारपनि बन्द गर्ने निर्णय भएको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : १६ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड