कैलाली र कञ्चनपुर कारागारका १९ कैदी जेलमुक्त  | Khabarhub Khabarhub

कैलाली र कञ्चनपुर कारागारका १९ कैदी जेलमुक्त 


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातन्त्रको अवसर पारेर कैलाली कारगारबाट ४ जना र कञ्चनपुर कारागारबाट १५ जना गरी १९ जना कैदी जेलमुक्त भएका छन्।

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई आज रिहा गरिएको प्रहरीले जनाएको छ।

कैलाली कारगारका जेलर विरेन्द्र बोहराका अनुसार कैदमुक्त हुनेमा तीन जना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दाका हुन् ।

कञ्चनपुरको परासन घर भई कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बलराम भन्ने मातृका जोशी, कैलालीको लम्कीचुहा नगरपालिकाका छत्रबहादुर भण्डारी र रोल्पाकी जुनसरा पुनमगर र ठगी मुद्दामा ६ महिना जेल सजाय तोकिएका कैलालीको बौनियाका पूर्णबहादुर विष्ट रहेका छन्। उनीहरुलाई ६ महिनादेखि १२ वर्ष सम्म कैद सजाय तोकिएको थियो।

त्यसैगरी कारागार शाखा कञ्चनपुरबाट बुधवार कैदमुक्त हुनेहरुमा अधिकांस कर्तव्य ज्यान मुद्दाका रहेको कारागार शाखाका प्रमुख श्यामराज भट्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भोगिरहेका पदम सिंह महरा, मान बहादुर लुहार, फुलपाती चौधरी ,नर बहादुर वोहरा, पार्वती वोहरा, त्यस्तै ज्यानमार्ने उद्योगमा पदम राज वोहरा ,सुवास चौधरी, महेन्द्र वोहरा, विष्णु नाथ र रोहीत सार्कि रहेका छन् । यसैगरी, वन सम्वन्धि मुद्दामा सजाय काट्दै आएका चुनु चौधरी, राजु चौधरी र देव सिंह राना रिहा भएका छन् ।

त्यस्तै किर्ते मुद्दामा सजाय काटिरहेका पुतुलाल राना र निर्मल खडायत रिहा भएका छन् । कैदमुक्त भएका सबै कैदीवन्दिलाई प्रहरीले परिवारको जिम्मा लगाएर घर पठाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।