कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार बढी संक्रमित | Khabarhub Khabarhub

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार बढी संक्रमित


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १ सय व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

तर मङ्गलबार भने एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले जनाएको छ ।

यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ४ जना पुग्नुको साथै ७५ हजार बढी संक्रमित भएका छन् ।

वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा दुई हजार स्वास्थ्वास्थ्यकर्मी संक्रमित भएका छन् । सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ५४ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)