प्रहरी जवानसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

प्रहरी जवानसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध १ लाख तथा सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान राजकुमार यादवविरुद्ध ५ हजार रुपैयाँ बिगो दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहले गाउँपालिकाको विभिन्न वडामा एचटीएलटी तथा विद्युतको ट्रान्सफर्म जडान गरेको कार्यका लागि भुक्तानी दिने प्रयोजनका लागि २ लाख २६ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारको टोलीले इन्जिनियर साहलाई घुससहित पक्राउ गरेको थियो ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकममध्येबाट १ लाख घुस लिएका थिए ।

सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान राजकुमार यादवले भारतीय सीमावर्ती बजारबाट सामान आयात गर्ने व्यक्तिसँग ५ हजार रुपैयाँ घुस लिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : २२ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा