'लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्न प्रजातन्त्र दिवस प्रेरणा दिन्छ' | Khabarhub Khabarhub

‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्न प्रजातन्त्र दिवस प्रेरणा दिन्छ’


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधासभामार्फत जारी संविधानले प्रदत्त गरेका मौलिक हक तथा अन्य व्यवस्थाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास व्यक्त गरे ।

उनले प्रजातन्त्र प्राप्तिका लागि निरंकुश र जहानियाँ राणा शासनविरुद्ध गरेको सङ्घर्ष र सफलताको सात दशक पूरा भएको अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जीवन आहुती गर्ने शहदिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘घाइते, अपाङ्ग र तत्कालीन राज्यबाट पीडा भोग्न बाध्य सम्पूर्ण नागरिकको उच्च बलिदानी भावनाको स्मरण गर्दछु’, सभामुखद्वारा जारी सन्देशमा भनिएको छ ।

सभामुख सापकोटाले शहिदको बलिदान, उच्च साहस र परिवर्तनको तीव्र इच्छाका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक अवस्थामा आइपुगेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ३७ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका