सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सवारी दुर्घटना कम गर्ने उद्देश्यले आजबाट झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ ।

पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए ।

“यातायात व्यवसायीसँगको सहकार्यमा आजबाट पूर्वपश्चिम राजमार्गमा चल्ने ठूला सवारीलाई टाइम कार्ड लागू गरिएको हो”, प्रहरी निरीक्षक अधिकारीले भने, “काँकरभिट्टादेखि विर्तामोडसम्म आधा घण्टा र विर्तामोडदेखि दमक पुग्ने सवारीका लागि एक घण्टाको सयम निर्धारण गरिएको छ ।”

सवारी चालकलाई तीव्र गतिमा सवारी नचलाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि टाइम कार्ड लागू गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनले भने, “अब ५५ किलोमिटर दूरी पार गर्न एक घण्टा ३० मिनेटको समय दिइएको छ ।”

चालू आवमा झापामा भएका सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । अधिकांश सवारी तीव्र गतिमा चलाएका कारण दुर्घटना हुने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ४५ बजे

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको