झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता हुने | Khabarhub Khabarhub

झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता हुने


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता नुवाकोटमा आयोजना हुने भएको छ ।

आयोजक बेलकोटगढी नगरपालिका वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जानकारी दिएको हो ।

नेपाल एथलेटिक्स एसोसियसनको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड १३ दशमलब ४ किमिको हुनेछ भने मनोरञ्जनका लागि खेल ४=५ किमिको हुनेछ ।

प्रतियोगिताको क्रस कन्ट्री दौडको पुरुष र महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रो हुनले ५ हजार पाउने छन् । प्रतिस्पर्धामा अघिल्लो विजेताको दौड समयको रेकर्ड भङ्ग गर्नेलाई थप पाँच हजार उपलब्ध गराइने छ ।

छात्र र छात्रातर्फ क्रस कन्ट्री दौड विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : ०० बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस