एक वर्षपछि नेप्सेमा २ अर्ब बढीको कारोबार | Khabarhub Khabarhub

एक वर्षपछि नेप्सेमा २ अर्ब बढीको कारोबार


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो दिन आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आजै पहिलो पटक हो । नेप्सेमा २ अर्बको कारोबार एकदमै कम भएको छ । जुन आज दोश्रो पटक हो ।

बजारमा कारोबार सँगै नेप्से परिसूचकमा पनि उछाल आएको छ । आईतबारको परिसूचक ३३.४३ अंकले बढेर १३४३.६५ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा २.५५ प्रतिशतले बढी हो ।

आइतबार कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र