सल्यानको बागचौर नगरपालिकाका सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सल्यानको बागचौर नगरपालिकाका सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिकाका तत्कालीन सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले सब–इन्जिनियर थमन योगीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सब–इन्जिनियिर योगी र सहायक सब–इन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको देखिएको छ ।

अख्तियारले सडक निर्माणका आयोजना समितिका ४ जना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

अख्तियारका अनुसार सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकले नगरपालिकाका सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगको मिलेमतोमा झुटा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाएर अनियमितता गरेको देखिएको छ ।

अख्तियारले सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगै आयोजना निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकविरुद्ध ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो कायम गरी र बिगोअनुसारको जरिवाना मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टको हकमा १ वर्ष कैद र थप ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मालाई समेत प्रतिवादी बनाएको छ । अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ३२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष