प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि | Khabarhub Khabarhub

प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- प्रदेश नं. ५ प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि बुटवलमा शुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएपछि प्रदेशको अस्थायी राजधानी बुटवलका नागरिकले यो अधिवेशनलाई महत्वका साथ हेरेका छन् ।

प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउने कि त्यसको विकल्प खोज्ने भन्ने विषय अहिले यहाँ सर्वाधिक चासो र महत्वको भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले समेत विभिन्न मञ्चमा प्रदेश सभाको पाँचौँ अधिवेशनबाटै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने यसअघि बताएका छन् ।

प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन यो अधिवेशन निर्णायक हुने आशा गरिएको छ । प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले समेत आफ्नो प्रतिवेदन प्रदेश सभामा बुझाइसकेकाले आइतबारदेखि बस्ने प्रदेश सभाको बैठकमा उक्त प्रतिवेदन प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुनमगरले आफूहरूले प्रदेश सभालाई प्रतिवेदन बुझाएको र आइतबारदेखि हुने अधिवेशनमा त्यस विषयमा प्रदेश सभामा छलफल हुने बताए ।

प्रदेश–५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको पाँचौँ हिउँदे अधिवेशन माघ ५ गतेका लागि आह्वान गरेका हुन् । मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभाको आइतबारको बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश–५ को प्रदेश सभामा नेकपाका ६१, नेपाली काँग्रेसका १९, सङ्घीय समाजवादी फोरम ५ र राजपा तथा राष्ट्रिय जनमोर्चा नेपालका एक/एक सांसद गरी कुल ८७ सांसद छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ४९ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट