प्रदेश ५ को संसद आजबाट, नाम र राजधानी टुंग्याउने तयारी | Khabarhub Khabarhub

प्रदेश ५ को संसद आजबाट, नाम र राजधानी टुंग्याउने तयारी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट शुरु हुने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने बैठकका एजेन्डा बारे कार्यपरामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

यो अधिवेशनमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने तयारी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताए ।

प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १/१ गरी कुल ८७ सांसद् छन् ।
प्रदेश पाँचमा बुटवल कि दाङ राजधानी भन्नेमा विवाद रहेको छ ।

देशका ७ प्रदेश मध्ये अब १, २ र ५ले मात्र नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ३९ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता