सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा पक्राउ


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मङ्सिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।

उनले थापालाई फैसला कार्यान्वयनका लागि आज नै काठमाडौँ जिल्ला अदालत बबरमहल पठाएको बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ४० बजे

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ