२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)  | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) 


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको जानकारी दिएको छ । जसमध्ये गएको २४ घण्टामा ७८२ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यसैगरी प्रदेश २ को पर्सामा १२, बारामा ५, रौतहटमा २, सप्तरीमा ३, सिरहामा ३ र सर्लाहीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २०२, काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २ र ललितपुरमा ७६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी  गण्डकी प्रदेशको कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पूर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २ र स्याङजामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्यूठानमा २, बर्दियामा १५, बाँकेमा ३४ र रुपन्देहीमा ३८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै  कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, दैलेखमा १, सल्यानमा ३ र सुर्खेतमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : २१ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित