फिफा दि वेस्टमा मेस्सी र रोनाल्डोको भोट कसलाई ? | Khabarhub Khabarhub

फिफा दि वेस्टमा मेस्सी र रोनाल्डोको भोट कसलाई ?


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा ‘दि वेस्ट’ अवार्ड जर्मन तथा ब्रार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जितका छन् ।

शुक्रबार बिहान उनी यस वर्षको फिफा दी वेस्ट अवार्डबाट सम्मानित भए । अघिल्लो वर्ष यही अवार्ड जितेको अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अन्तिम तीनको मनोनयनमा थिए ।

जसमा लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेका छन् ।

च्याम्पियन्स लिग विजेता लेवान्डोकीका प्रतिद्वन्दीका रुपमा मनोनयनमा परेका विश्व फुटबल प्रसिद्ध फुटबलर मेस्सी र रोनाल्डोले कसलाई भोट गरे ? उनीहरुले पहिलो रोजाईमा को परे ? कि आफैँलाई हाले भन्ने जिज्ञासा आम फुटबल समर्थकको हुन सक्छ ।

 

मेस्सीले पहिलो नम्बरमा ब्राजिल तथा पेरिस सेन्ट जर्मनका स्टार खेलाडी आफ्ना पूर्व टिम मेट नेयमारलाई भोट गरेका छन् भने दोस्रो नम्बरमा विश्व विजेता केलियन एमबाप्पेलाई भोट गरेका छन् । उनले तेस्रो नम्बरमा च्याम्पियन्स लिग विजेता लेवान्डोस्कीलाई दिएका छन् ।

यता, रोनाल्डोले भने पहिलो भोट लेवान्डोस्की, दोस्रो भोट मेस्सी र तेस्रो भोट युवा स्टार एम्बाप्पेलाई हालेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर