नेकपालाई चीनले जोगाउन सक्दैन, न भारतले फुटाउन नै सक्छ : मन्त्री भट्टराई | Khabarhub Khabarhub

नेकपालाई चीनले जोगाउन सक्दैन, न भारतले फुटाउन नै सक्छ : मन्त्री भट्टराई


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कुनै पनि विदेशी शक्तिले जोगाउन र फुटाउन नसक्ने बताएका छन् ।

मन्त्री भट्टराईले नेकपालाई चीनले पनि जोगाउन नसक्ने र भारतले पनि फुटाउन नसक्ने बताउँदै यसमा सबै नेकपाकै नेता तथा कार्यकर्ताकै भूमिका महत्वपूर्ण रहने बताएका हुन् ।

प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा सहभागी कार्यक्रममा ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल बोक्ने कि पानी ?’ भन्ने नेता तथा कार्यकर्ताहरुको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको जिकिर गर्दै मन्त्री भट्टराईले सानोतिनो समस्याले पार्टी विभाजन नहुने र गर्न पनि नहुने बताए।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ४१ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय