मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ पक्राउ | Khabarhub Khabarhub

मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ पक्राउ


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रहरीले मोरङको उर्लाबारीबाट लागू औषध बेचबिखन एवं सेवन गरेको आरोपमा एक युवतीसहित ९ जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा मंगलबार राति १० बजेर १० मिनेटमा उर्लाबारी–७ स्थित छोमाई तामाङको घरमा उनीहरुलाई ४ ग्राम ७ सय २७ मिलिग्राम ब्राउन सुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजा र पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी–७, स्कुलडाँडाका २१ वर्षीय ममता तामांग, बरगाछीका २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी–९, भोटेपुलको २८ वर्षीय आकाश लिम्बु, रतुवामाई नगरपालिका इटहराका २२ वर्षीय रुपममान केदेम (लिम्बु), २५ वर्षीय मञ्जिल बस्नेत, रतुवामाई–१० सातमेडिका १९ वर्षीय एन्जील मगर, झापा दमक नगरपालिका–७ बजार लाइनका १९ वर्षीय ससिन शेख र दमक–४ सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : २८ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा