नेकपा विवाद उत्कर्षमा पुगेका बेला योगेशले लेखे – सर्वाधिक कठिन समय | Khabarhub Khabarhub

नेकपा विवाद उत्कर्षमा पुगेका बेला योगेशले लेखे – सर्वाधिक कठिन समय


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यतिबेला नेकपा सर्वाधिक कठिन समयमा पुगेको बताएका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देखिएको नेकपा विवादलाई विश्लेषण गर्दै लेखेका छन् – सर्वाधिक कठिन समय ।

भट्टराईको टिप्पणीलाई अर्थपूर्ण ढंगले हेरिएको छ । नेकपाभित्र विवाद बढिरहेका बेला भट्टराईले चिन्ता व्यक्त गरेका हुन् । उनले पछिल्लो समय देखिएको विवादलाई सबैभन्दा कठिन समय भनेका छन् ।

यसअघि पनि पटकपटक नेकपाभित्र विवाद चर्किने गरेको थियो । तर, यसपटकको विवादलाई भट्टराईले सर्वाधिक कठिन समयका रुपमा अर्थ्याएका हुन् ।

गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि नेकपा विवाद जटिल मोडमा पुगेको देखिएको छ ।

प्रचण्डले पेश गरेका प्रस्ताव अव्यवहारिक र असान्दर्भिक भएको भन्दै ओली पक्षका नेताहरूले असहमति जनाउँदै आएका छन् । प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने उनीहरूले बताउँदै आएका छन् ।

यता प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने बताएका छन् ।

आज बस्ने सचिवालय बैठकमा यसले प्रभाव पार्न सक्ने पनि बताइएको छ । बैठक बोलाउन माग गर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो ।

शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो । नेकपाभित्र राजदूत सिफारिस, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा विवाद चुलिँदै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ३० बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय