तरुण दलद्वारा बाह्रबिसेका बाढीपहिरो पीडितलाई खाद्यान्न तथा मास्क वितरण | Khabarhub Khabarhub

तरुण दलद्वारा बाह्रबिसेका बाढीपहिरो पीडितलाई खाद्यान्न तथा मास्क वितरण


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ देउरालीका बाढीपहिरो पीडित स्थानीय मास्क तथा खाद्य सामग्री विरण गरेको छ ।

तरुण दलका अध्यक्ष दोर्जे लामाले आइतबार देउराली घलाङ्साका बाढीपहिरो पीडितहरूलाई दशैँ मान्नका लागि ५६ बोरा चामल वितरण गरिएको जानकारी दिए ।

चालम लिन आएका सर्वसाधारणहरूलाई तरुण दलले सर्जिकल मास्क पनि वितरण गरिएको अध्यक्ष लामाले जनाए ।

‘दशैँका बेला बाढीपहिरो पीडितहरूलाई भोकै बस्न नपरोस भनेर हामीले सकेको चामल वितरण गरेकाम छौँ’, अध्यक्ष लामाले भने, ‘कोरोनाबाट बच्न जनचेतनाका लागि सर्जिकल मास्क पनि वितरण गरेका छौँ ।’

यसअघि शनिबार तरुण दल सिन्धुपाल्चोकले त्रिपुरासुन्दरी गाउँपालिका–२ सेलेलेका बाढीपहिरो पीडितहरूलाई खाद्यान्न तथा मास्क वितरण गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय