कर्णाली प्रदेश विवाद सुल्झाउन बसेको ओली-दाहालबीचको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

कर्णाली प्रदेश विवाद सुल्झाउन बसेको ओली-दाहालबीचको बैठक निष्कर्षविहीन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झ्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

विवाद समाधानका लागि छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“बैठकमा कुनै निष्कर्ष निस्किएन । छलफललाई निरन्तरता दिने कुरा भएको छ,” सापकोटाले भने ।

प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए ।

प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । सोहीअनुरुप  दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।

केही दिन अघि संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपा कर्णाली प्रदेशमा विवाद उत्पन्न भएको छ ।

विवाद समाधानका लागि अध्यक्षद्वयले दुवै पक्षलाई बिहीबार छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : २५ बजे

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।