साताको पहिलो दिन नेप्सेमा ५ अंकको गिरावट | Khabarhub Khabarhub

साताको पहिलो दिन नेप्सेमा ५ अंकको गिरावट


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।  अधिकांश समूह गिरावट आउँदा नेप्से परिसूचक ५.६६ अंकले घटेको हो।

कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा एक हजार ५५६ अंकमा आएर बन्द भएको छ। यस क्रममा ४३ लाख ५२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब २५ करोड २७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका १२ मध्ये व्यापार १३.२ अंक र निर्जीवन बीमा कम्पनी समूह ३१.५८ अंकले सुधार आएको छ। यी दुईबाहेक अन्य १० समूह आज घटेका छन्। त्यसमध्ये विकास बैंक समूह २९.१९ अंकले गिरावट आएको छ।

यस्तै, जीवन बीमा समूह १८.९८ अंक र उत्पादनमूलक समूह १४.४२ अंकले घटेको छ।

परिसूचक घटे पनि आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रूपैयाँले बढेको छ।

गत साताको बिहीबार नेप्से १.२९ अंकले बढेर १४२ करोड रूपैयाँको कारोबार भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ४८ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै