आईपीएलमा आज दुई खेल, पहिलो खेलमा हैदराबाद र कोलकाता भिड्दै | Khabarhub Khabarhub

आईपीएलमा आज दुई खेल, पहिलो खेलमा हैदराबाद र कोलकाता भिड्दै


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकाता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा रहेको छ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दूरी घटाउन चाहन्छ ।

तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ ।

हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । पञ्जाब अन्तिमा छ भने मुम्बई दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : १९ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा