अर्मेनिया र अजरबैजानबीच दोस्रो शान्ति सम्झौता | Khabarhub Khabarhub

अर्मेनिया र अजरबैजानबीच दोस्रो शान्ति सम्झौता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयासमा दोस्रो पटक शान्ति सम्झौता भएको छ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबीच नयाँ समझदारी भएको हो ।

गत साता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेखित विषयलाई आधार बनाएर फेरि नयाँ सम्झौता गरिएको हो ।

यो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ।

गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो । सेप्टेम्बर २७ देखि भएको हिंसामा पनि ३०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४० बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका