इलामकी कोरोना संक्रमित ८ वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

इलामकी कोरोना संक्रमित ८ वर्षीया बालिकाको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर, आफन्तले घर लिएर गएका थिए ।

राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट धनराज यादवले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ३७ बजे

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै