घरमा टुटफुट भएका सामग्री राख्नु अशुभ | Khabarhub Khabarhub

घरमा टुटफुट भएका सामग्री राख्नु अशुभ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र यस्तो शास्त्र हो जहाँ जीवनलाई सुखी बनाउने भन्ने कैयौं उपाय सुझाइएको हुन्छ । वास्तुको माध्यमले घरमा सकारात्मक ऊर्जा आउने र नकारात्मक ऊर्जा हटेर जाने गर्दछ ।

कतिपय अवस्थामा घरमा भएका केही चीजका कारण धनकी लक्ष्मी घरबाट फर्केर जाने धार्मीक मान्यता रहेको छ । आज हामी घरमा सुख, शान्ति कायम राख्न घरबाट हटाउनु पर्ने चीजबारे चर्चा गर्नेछौः

१. यदि तपाईंको घरमा टूटेफूटेका भाडाकुडा भए तुरुन्त ती सामाग्री घरबाट हटाउनु पर्दछ । यसले वास्तु दोष उत्पन्न गराउँछ ।

२. यदि लामो समयदेखि घरमा भाचिएको पंलग वा खाट रहेको छ भने तत्काल ति सामाग्रीलाई हटाउनु पर्दछ । अन्यथा वैवाहिक जीवनमा कष्ट आउन सक्छ ।

३. घरमा टुटेका सिसा राख्नु हुदैन अन्यथा परिवारका सदस्यले मानसिक कष्ट भोग्नु पर्दछ ।

४. घरको स्टोर कोठामा यदि कुनै टूटेको फोटो फ्रेम भए त्यसलाई तत्काल हटाउनु पर्दछ । यसले दुर्भाग्य निम्त्याउँछ ।

५. घरको मुख्यद्वार चर्किएको भए माता लक्ष्मी कहिल्यै घर नभित्रने मान्यता छ त्यसैले सम्भव अनुसार यसलाई हटाउनु पर्दछ ।

६. यदि लामो समयदेखि घरमा बन्द घडी छ भने यसले परीवारको उन्नतिमा बाधा निम्त्याउँछ ।

७. घरको पूजा कोठामा भगवानको टुटफुट भएको मूर्ती हुनु हुदैन । यसले राम्रो गर्दैन ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ११ : २८ बजे

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।