नर्सहरुको लाइसेन्स परीक्षा मंसिरमा हुने | Khabarhub Khabarhub

नर्सहरुको लाइसेन्स परीक्षा मंसिरमा हुने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र ( लाइसेनिङ) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ ।

परिषदले सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने जानकारी गराएको हो । पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ ।

परिषदका अनुसार परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्ब दस्तुर बुझाउन पर्नेछ ।

परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको छ । परीक्षा मंसिर १३ गते बिहान ९ बजेदेखि ११ बजेर ३० मिनेटसम्म हुने जनाइएको छ ।

परीक्षा दिन आउने परिक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ भने प्रत्येक परीक्षार्थीको ज्वरो परीक्षण गरी परीक्षा हलमा प्रवेश गर्न दिइने परिषदले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ३४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ