बार्तामेउविरुद्ध अविश्वासको मत | Khabarhub Khabarhub

बार्तामेउविरुद्ध अविश्वासको मत


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस महारथि क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउविरुद्ध अविस्वासको मत राखिएको छ।

बार्सिलोनामा उनीविरुद्ध आवश्यक पर्ने मत अविश्वासको प्रस्तावका रुपमा दर्ता भएसँगै उनको पद धरापमा रहेको छ ।

अविश्वासको मतलाई समर्थन गर्नेमा आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा अघि रहेका तीन जना जोर्डी फारे भिक्टोर फन्ट र ल्युस फर्नान्डेज अलसहित आठ विचार समूहहरु समावेश छन् ।

यदि दुई तिहाई संख्या यसको पक्षमा रहे भने क्लबले बार्तामेउलाई पदबाट हटाउन बाध्य पार्नेछ र क्लबको नयाँ अध्यक्ष छान्न चुनाव हुनेछ ।

हस्ताक्षर प्रमाणिकरण भएपछि १ लाख ५० हजार सदस्यहरुले यस विषयमा मतदान गर्नेछन । जसमा कम्तीमा ६६ प्रतिशत मतले अविश्वासको प्रस्तावमा मतदान गरे बार्तामेउको अध्यक्ष पद सकिनेछ ।

हस्ताक्षरको प्रमाणिकरण गरेपछि बार्सिलोनाले बार्तामेउ रहने कि नहरने भन्ने निर्णय गर्ने बीबीसीले उल्लेख गरेको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अगस्टमा क्लब छाड्न गरेको प्रस्ताव पछि क्लब समर्थकहरु बार्तामेउसँग आक्रोसित बनेका हुन् ।

त्यसोत मेस्सी क्लबमा रहे आफु क्लब छाड्न तयार रहेको बार्तामेउले अगस्टमै घोषणा पनि गरेका थिए ।

बार्सिलोनाका अध्यक्षविरुद्ध अविश्वासको मत खप्ने बार्तामेउ तेस्रो अध्यक्ष हुन् । यसअघि सन् १९९८ मा तत्कालिन अध्यक्ष लुइज नुनेज र २००८ मा जोन लार्पोतामाथि पनि अविश्वासको मत दर्ता भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ५८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल