चुरोट छोड्न र कृति सेननसँग समय बिताउन चाहन्थे सुशान्त सिंह राजपूत | Khabarhub Khabarhub

चुरोट छोड्न र कृति सेननसँग समय बिताउन चाहन्थे सुशान्त सिंह राजपूत


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – गत जुन १४ मा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरे । उनको आत्महत्याले बलिउडमा तरंग ल्याएको छ ।

बलिउडमा नेपोटिज्म (नातावाद), ड्रग्सको कारोबार र गुप्रिजमबारे बहस भइरहेको छ । सीबीआई (केन्द्रीय जाँच ब्यूरो) ले सुशान्तकी प्रेमिकासहित अन्य केहीलाई आरोपी मान्दै अनुसन्धान गरिरहेको छ ।

सुशान्तको केशमा एकपछि अर्को ट्वीस्ट आइरहेको छ । प्रहरीले सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

यतिबेला भने दिवंगत सुशान्तले लेखेको एक नोट शेयर भएको छ । जसका अनुसार सुशान्त परिवारका साथ समय बिताउन चाहने लेखिएको छ ।

अप्रिल २०१८ को उक्त नोट एक फार्म हाउसमा भेटिएको जनाइएको छ ।

सुशान्तले कृति सेननसँग समय बिताउन चाहेको र चुरोट छोड्न चाहेको उक्त नोटमा लेखेका छन् । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार उक्त नोटमा सुशान्तले आफ्नो दैनिकीका बारेमा पनि लेखेका छन् ।

नोटमा उनले केदारनाथ फिल्मको स्किृप्ट पढ्न चाहेको कुरा पनि लेखेका छन् । सुशान्तले उक्त नोटमा फिजिक्स, आफ्नो सपना र खुशीका बारेमा लेखेका छन् ।

सुशान्त र कृति राम्रा साथी थिए । एक समय यस्तो पनि थियो, यी दुईले डेटिङ गरेको पनि सुन्ने गरिन्थ्यो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : २५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम