दाङमा दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

दाङमा दुर्घटना हुँदा एकको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका कुँवरको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपरीमा बिहान करिब ५ बजे नम्बर नखुलेको गाडीले कुँवरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएराति तुलसीपुरमा मोटरसाईलक अनियन्त्रीत भएर पल्टिँदा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१चाखलीघाट निबासी १९ बर्षका रबिन भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् । स्याउलीबजारबाट बजार तर्फ आउँदै गरेको रा१ख ५४३३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय नजिकै अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : २६ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ