अफगान सेना र तालिवानबीच झडप हुँदा ५४ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगान सेना र तालिवानबीच झडप हुँदा ५४ जनाको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन्।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता भइरहेका बेला दुवै पक्षबीच ठूलो भिडन्त भएको हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले दिएको जानकारीअनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकुको मृत्यु भएको छ। घटनामा कम्तीमा १५ सैनिक र २० लडाकु घाइते छन्।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीविरुद्ध सुरक्षा फौजले गरेको कारबाहीमा ३ जना सैनिक र २ जना विद्रोहीको मृत्यु भएको थियो। घटनामा ६ सैनिक र ५ विद्रोही घाइते भएका छन्।

जिल्ला प्रमुख हैदर सरिफीले सिन्ह्वासँग भने, ‘प्रशासन कार्यालयलाई लडाकु समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाथ सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका हुन्।’

भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएको जनाइएको छ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ०३ बजे

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको