गोप्य सूचना चीनलाई बेचेको आरोपमा पूर्वसीआईए अधिकारी पक्राउ | Khabarhub Khabarhub

गोप्य सूचना चीनलाई बेचेको आरोपमा पूर्वसीआईए अधिकारी पक्राउ


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका लागि जासूसी गर्ने पूर्व सीआईए अधिकारी पक्राउ परेका छन् । अमेरिकाको गुप्तचर संस्था सीआईएका सेवानिवृत्त एक अधिकारीले करिब दुई दशकसम्म चीनलाई गोप्य तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना बेचेको पाइएको छ ।

चीनले जासूसी बढाइरहेको भनी अमेरिकाले आरोप लगाइरहेको बेलामा यो खुलासा भएको हो । अलेक्जेन्डर युक चिङ मालाई शुक्रवार हवाईमा पक्राउ गरिएको हो । उनले अर्का एक सेवानिवृत्त सीआईए अधिकारीसँग मिलेर अत्यन्तै गोप्य सूचना चीनका गुप्तचर अधिकारीहरूलाई उपलब्ध गराएको यूएस डिपार्टमेन्ट अफ जस्टिसले सोमवार जानकारी दियो ।

चिनियाँ जासूसीको सिलसिला निकै लामो छ र दुर्भाग्यवश पूर्व अमेरिकी गुप्तचर अधिकारीहरूले आफ्ना सहकर्मी, देश र यसका उदारवादी मूल्यमान्यतालाई धोका दिँदै निरंकुश कम्युनिस्ट शासनलाई सहयोग गरे,’ असिस्टेन्ट अटोर्नी जनरल फर नेसनल सेक्युरिटी जोन डेमेर्सले बताए ।

मा हङकङमा जन्मेर अमेरिकाको अंगीकृत नागरिकता लिएका व्यक्ति हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईएमा काम गरेका थिए र त्यसपछि शांघाईतिर बसाइ सरेका थिए ।

सन् २००१ मा उनी चिनियाँ गुप्तचर अधिकारीहरूसँगको भेटपछि हवाईमा बस्न थालेका थिए । चिनियाँहरूले मालाई ५० हजार डलर नगद दिएको भिडियो समेत सार्वजनिक भएको छ ।

माले गोप्य दस्तावेज पाउनका लागि एफबीआईमा पहुँच बनाउन खोजेको बताइएको छ । उनलाई सन् २००४ मा होनोलुलु फील्ड अफिसमा भाषाविद्का रूपमा करारमा राखिएको थियो । उनले गोप्य सूचनाहरू कपी गरेको र चोरेको अनि चीन जाँदै ती दस्तावेज बुझाएको र नगद तथा महंगा उपहार लिएर फर्केको अमेरिकी सरकारको दाबी छ ।

एफबीआईले स्टिङ अपरेसन गरेर मालाई पक्राउ गरेको थियो । उनले सन् २०१९ को वसन्त ऋतुमा चिनियाँ गुप्तचर अधिकारी भन्ठानेको मानिसबाट २ हजार डलर लिएको र ६ दिनअघि पनि फेरि पैसा लिएको बताइन्छ ।

त्यतिखेर माले चिनियाँ सरकारलाई सहयोग गरिरहने र मातृभूमि सफल भएको हेर्न चाहेको बताएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ०३ बजे

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप