'चिनियाँ हस्तक्षेप' बढेको भन्दै लुम्बिनीमा प्रदर्शन | Khabarhub Khabarhub

‘चिनियाँ हस्तक्षेप’ बढेको भन्दै लुम्बिनीमा प्रदर्शन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – चीनले नेपालको आन्तरिक मामिलानमा हस्तक्षेप गरेको भन्दै शुक्रबार लुम्बिनीमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले ‘चिनियाँ हस्तक्षेप’ बन्द गर भन्दै चीन सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्ध नाराबाजी गरेका छन् । सो क्रममा प्रदर्शनकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लासमेत दहन गरेका छन् ।

चीनले नेपाली भूमि मिचेको तथा आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले विरोध गरिएको प्रदर्शनकारीहरूले बताएका छन् ।

पछिल्लो समय नेपालमा चीनले राजनीतिक तहमा हस्तक्षेप बढाउँदै लगेपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहँदा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : १८ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज