फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने अनुमान गरेका छौं- प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने अनुमान गरेका छौं- प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने सरकारी अनुमान रहेको बताएका छन् ।

संघीय संसदको राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आगामी फागुनसम्ममा कोरोना संक्रमण नियन्त्रणमा आउने आशा रहेको बताए ।

उनले भने,‘पुष मागसम्ममा हामी कोरोना नियन्त्रण गर्नसक्छौं । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हन्छ । भारतको सिमाबाट ह्वाह्वारी आउन नदिने र बाहिरबाट आउने क्वरेन्टाइनमा राख्ने अबस्था बढायौँ भने फागुनसम्ममा नियन्त्रणमा आउँछ ।’ असोज कार्तिकसम्ममा कोरोना संक्रमितको संख्या कम गर्नसक्छौं ।

कोरोना संक्रमणका बिरामी भेटिने क्रम बढिरहेको भन्दै उनले भने साउन अन्तिमसम्म कोरोनाको संक्रमित बढ्ने क्रम निरन्तर रहने समेत बताए ।

उनले भने,‘जेठको महिनामा दैनिक बढि छ। अहिले अलि तल झरेको छ। हिजोको मात्रै हेर्ने हो भने भारत लगाएतका देशबाट आउने नेपालीको संख्या २ हजार संख्या छ । यसरी हेर्दा साउन अन्तिमसम्म अलि पिक होलाजस्तो देखिएको छ ।’

प्रधानमन्त्री ओलीले दशैं, तिहार र छठजस्ता जमघट हुने पर्वले कोरोना संक्रमण बढ्नसक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : २९ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई