संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित | Khabarhub Khabarhub

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रियसभाले समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

केहीबेरअघि सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ ।

बैठकमा उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपछि सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मतदान नगरेका कारण ५७ जना सांसदहरुले मतदान गरेका हुन् ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संसोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : १७ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल