गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक गरी गलत सूचना सम्प्रेषण | Khabarhub Khabarhub

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक गरी गलत सूचना सम्प्रेषण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयको एसएमएस प्रणाली नै ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ ।

बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

 ‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्‍याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नगरिएको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : ३४ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि