अमेरिकामा अश्वेत व्यक्तिमाथि गोली हान्ने प्रहरीलाई हत्या अभियोगको मुद्दा | Khabarhub Khabarhub

अमेरिकामा अश्वेत व्यक्तिमाथि गोली हान्ने प्रहरीलाई हत्या अभियोगको मुद्दा


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको एट्लान्टामा प्रहरीको गोली लागेर मृत्यु भएका २७ वर्षीय रेशर्ड ब्रुक्सको घटनामा संलग्न प्रहरीलाई हत्याको अभियोगसहित मुद्दा दायर गरिएको छ ।

स्थानीय रेस्टुरेन्ट अगाडि पार्किङ्ग गरिएकै गाडीमा निदाएर बाटो अवरुद्ध भएपछि पुगेको प्रहरी देखेपछि भागेका ब्रुक्सलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको थियो ।

सो घटनापछि प्रहरी ज्यादतीकाविरूद्ध संघर्ष चर्किएपछि उक्त प्रकरणमा संलग्न प्रहरीलाई हत्या अभियोगमा मुद्दा दायर गरिएको हो ।

गोली प्रहार गर्ने ग्यारेट रोल्फलाई पदबाट बर्खास्त गर्दै हत्यासहितका विभिन्न अभियोगमा मुद्दा दायर गरिएको छ ।

घटनास्थलमा रहेका अर्का प्रहरी अधिकारी डेविन ब्रोस्नानले प्रत्यक्षदर्शीका रुपमा बयान दिने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ३१ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला