लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन | Khabarhub Khabarhub

लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४५ वर्षपछि भएको हिंसात्मक भीडन्तभएपछि चीन र भारतका सैन्य अधिकारीहरूबीच भएको वार्ता निष्कर्षविहिन भएको छ ।

२० भारतीय सैनिकको मृत्यु हुने गरी सोमबार राति भएको लद्दाख घटनाबारे छलफल गर्न बसेको भारत र चीनको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले परिणाम निकाल्न सकेन।

उक्त घटनालाई लिएर बुधबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी चीन वांगबीच टेलिफोन वार्ता भएको थियो।

लद्दाख प्रकरण लगत्तै दुवै मुलुकले सुरक्षा सतर्कता अझ बढाएका छन् । भारतले उक्त क्षेत्रमा सुरक्षा तैनाथी थप बढाएको बताइएको छ भने चीनले तिब्बत क्षेत्रमा सैन्य अभ्यास नै गरिरहेको समाचारहरू बाहिरिएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ०९ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ