तनहुँसहित ४ जिल्लामा थप ४२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २८९ पुग्यो | Khabarhub Khabarhub

तनहुँसहित ४ जिल्लामा थप ४२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २८९ पुग्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ), तनहुँ, मनाङ र गोरखामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या २८९ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार बिहान निकालेको बिज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् । मध्यपुरबिन्दुकै २ जनाको उमेर खुलेको छैन ।

यस्तै तनहुँका १२ जनामध्ये ऋषिङ गाउँपालिकाका ७, शुक्ला गण्डकीका १ र भानु नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै पुरूष हुन् ।

यस्तै मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलस्तुका ५७ वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

गोरखाको पालुङटारका ६ पुरूष र १ महिला तथा शहीद लखन गाउँपालिकाका ४ पुरूषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ५६ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।