माक्सको कालोबजारी गर्ने चिनियाँ पक्राउ | Khabarhub Khabarhub

माक्सको कालोबजारी गर्ने चिनियाँ पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बजारमा माक्सको अभाव सिर्जना भइरहेका बेला चिनियाँ नागरिकले कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ बमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने डिलर वा एजेन्टलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रहरीले बरामद गरेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले निर्देशन दिएका थिए।

यसैबीच, पक्राउ परेका चिनियाँ नागरिकहरुलाई छुट्टाउन चिनियाँ दूतावासले महानगरीय प्रहरी परिसरलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४९ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ