चिनियाँ राष्ट्रपतिकाे कामप्रति असन्तुष्टि जनाउने कानून अधिकारकर्मी पक्राउ | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिकाे कामप्रति असन्तुष्टि जनाउने कानून अधिकारकर्मी पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चीनफिङले मुलुकका लागि चालेका कदमप्रति असन्तुष्टि जनाउने एक कानून अधिकारकर्मी पक्राउ परेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण लगायत मुलुकको संकट समाधानका लागि राष्ट्रपति सीले चालेका कमदप्रति असन्तुष्टि जनाउने शु झियोङ पक्राउ परेका हुन् ।

केही दिन अघि कोरोना नियन्त्रणमा चीनले चालेको काम प्रभावकारी नदेखिएको जनाउँदै उनले राष्ट्रपतिले ‘बाटो छाड्न’ भनेका थिए ।
लामो समयदेखि चीन सरकारको विरोध गर्दै आएका उनी प्रहरीको खोजीमा रहेका थिए ।

उनलाई दक्षिणी शहर ग्वाङझोउबाट गत शनिबार पक्राउ गरिएको उनका सहकर्मीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
शियामेनमा भएको कार्यक्रममा सहभागी अरु केही अधिकारकर्मी यसअघि नै पक्राउ परिसकेका छन् ।

बेइजिङमा रहेकी उनकी प्रेमिका पनि गत शनिबारबाट सम्पर्कबाहिर रहेको अमेरिकामा रहेको ह्युमन राइट्स वाच चाइना नामक गैरसरकारी संस्थाले जनाएको छ ।

सन् २०१२ मा नवनागरिक अभियान नामक संस्था स्थापना गरेका शुले सार्वजनिक पदमा रहेका चिनियाँ अधिकारीलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आह्वान गर्दै आएका थिए । उनलाई सन् २०१४ मा ४ वर्षको जेलसजाय समेत सुनाइएको थियो ।

पछिल्ला केही सातायता उनले आफ्ना लेखहरुमा मुलुकमा बढ्दो कोरोनाभाइरस महामारीलगायतका संकटको समाधानका लागि चालेको कदमप्रति असन्तुष्टी जनाउँदै राष्ट्रपति सी जिन्पिङलाई ‘बाटो छाड्न’ आह्वान गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर