सेना दिवसको ‘रिहर्सल’का कारण हवाइ उडान प्रभावित | Khabarhub Khabarhub

सेना दिवसको ‘रिहर्सल’का कारण हवाइ उडान प्रभावित


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले शिवरात्रिका लागि गरेको ‘रिहर्सल’का कारण मंगलबार दिनभरिजसो आन्तरिक तथा बाह्य उडानहरु प्रभावित बनेका छन् ।

सैन्य अभ्यासका कारण मंगलबार तय भएका धेरै आन्तरिक उडानको तालिका प्रभावित बनेको त्रिभुवन विमानस्थलको उड्डयन कार्यालयले जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार बिहीबारै महाशिवरात्रीको लागि सेनाले अभ्यास (रिहर्सल) गरेका कारण २ घण्टा प्रभावित बनेको थियो ।

सेनाले  हेलिकोप्टर उडाएपछि विमानस्थलले सूचना जारी गर्दै विमान अवतरण तथा उडानका लागि अनुमति दिएको थिएन

अवतरणका लागि आएका विमानले अवतरणको अनुमति नपाएपछि केहीबेर आकाशमै फन्को लगाएका थिए ।

दिउँसो पौने २ देखि पौने ४ सम्म नेपाली सेनाले सेना दिवसको रिहर्सल गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ३४ बजे

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।