क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ्यअवस्था बुझ्न स्वास्थ्यमन्त्री पुगे खरिपाटी | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ्यअवस्था बुझ्न स्वास्थ्यमन्त्री पुगे खरिपाटी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले खरिपाटीको क्वारेन्टाइ स्थलको निरिक्षण गरेका छन् ।

मन्त्री ढकालले गत आइतबार बिहान चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन स्थलको निरिक्षण गरेका हुन् ।

स्वास्थ्य मन्त्री ढकाल खरिपाटी पुगेर क्वारेन्टाइमा रहेका १ सय ७५ जना नेपालीको स्वास्थ्य अवस्था र उनीहरुलाई क्वारेन्टाइनमा राखिँदा भइरहेको व्यवस्थापनबारे जानकारी लिएका छन् ।

क्वारेन्टाइनमा राखिएका नेपालीहरुको जानकारी तथा सूचना दिने कन्ट्रोलरुपमा पुगेर मन्त्री ढकालले उनीहरुलाई सरकार नेपाली नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताए ।

उनले क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ४४ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका