बालुवाटार जग्गा प्रकरण : सर्वोच्चद्वारा जिल्ला न्यायाधीशको रिट खारेज | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण : सर्वोच्चद्वारा जिल्ला न्यायाधीशको रिट खारेज


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

कानून सेवाको उपसचिवको रुपमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा बालुवाटारको सरकारी जग्गामा बाटो लगायतका पूर्वाधार बनाउने कार्यमा आफू निर्णयकर्ताको भूमिका नरहेकाले आफूविरुद्ध लगाइएको मुद्दा खारेजीका माग गर्दै जिल्ला न्यायाधीश गौतमले माघ २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

२०६६ वैशाखदेखि २०६८ साउनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा कानून सचिवका रुपमा कार्यरत गौतमले बालुवाटारमा सडक तथा बाटो विस्तार गर्ने सम्बन्धमा राय दिएका थिए ।

गौतमले २७ फागुन २०६६ मा प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सभामुखको निवास रहेको बालुवाटारको सरकारी जग्गामा बाटो विस्तार तथा सम्भार गर्ने सम्बन्धमा आफ्नो राय दिएका थिए ।

सोही आधारमा अख्तियारले गौतमविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारले उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ११ वर्ष कैद सजाय मागदाबी गरेको थियो ।

तर, गौतमले भने आफू न्यायाधीश भएकाले अख्तियारले प्रतिवादी बनाउन नसक्ने जिकिर गर्दै न्याय परिषदबाट छानबिन हुनुपर्ने र अख्तियारले लगाएको अभियोग खारेजका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

माघ २९ गते दर्ता भएर दोस्रो पटक पेशीमा चढाइएको रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । शर्माको इजलासले गौतमको रिट खारेज हुने फैसला समेत सुनायो ।

सर्वोच्चले रिट खारेज गरेसँगै जिल्ला न्यायाधीश गौतममाथिको निलम्वन यथावत रहने भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ४५ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम