चितवनको भरतपुर महानगरलाई धुम्रपानरहित क्षेत्र बनाइने | Khabarhub Khabarhub

चितवनको भरतपुर महानगरलाई धुम्रपानरहित क्षेत्र बनाइने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको १ दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन् ।

सो कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखको सहभागिता रहेको थियो । नेपालबाट भरतपुर महानगर प्रमुख दाहालको उपस्थिति थियो । बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताइन् । उनले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको बताइन् ।

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ ।

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ । होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धुम्रपान गर्न पाइनेछ ।

तोकिएको स्थानमा पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानूनबमोजिम सजाय हुने महानगर प्रमुख दाहालको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ०२ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०