नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान ४ : ३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नम्बरको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ : १५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : २१ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको